नेपालमा आत्महत्या गर्ने प्रवृत्ती डरलाग्दो रुपमा बढ्दै गएको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार औसतमा दैनिक १२ नेपालीले आत्महत्या गर्ने गरेका छन् । पछिल्लो आव ०७२/७३ मा चार हजार ६ सय ६७ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा मात्र दैनिक दुईजनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । आत्महत्याका घटना अघिल्लो वर्ष भन्दा बढेका छन् । अघिल्लो आवमा चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेका थिए । नेपालमा पनि अन्य एशियाली मुलुक जस्तै धेरैले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा तीन हजार तीन सय ६६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हजार एक सय ८३ ले विष सेवन, ३० ले शरीरमा आगो लगाएर, ६५ ले हाम फालेर, चारजनाले करेन्ट लगाएर, १३ जनाले हातहतियार प्रयोग गरेर तथा ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
झुन्डिएर | विष सेवन, | हाम फालेर, | आगो लगाएर | हातहतियार प्रयोग | करेन्ट लगाएर, | पानीमा हामफालेर |
३३६६
|
११८३ | ६५ | ३० | १३ | ४ | ६ |
प्रतिक्रिया
आत्महत्याको माध्यमको अध्ययन गरि त्यसको कारणलाइ ब्यबस्थापन गर्न सकियो भने यसले आत्महत्या नियन्त्रणमा ठुलो सहयोग गर्न सक्छ |
अन्य जानकारीको bijaygyawali.com का अन्य ब्लग हेर्नु होला |