मासिक चक्र हामी किन अनभिज्ञ !

पुरुष मित्र हो कल्पना गरौ , कुनै दिन बिहान उठ्दा तपाईको प्रजनन अंगबाट रगत बगी रहेको हुनेछ | तपाईको तल्लो पेट र तल्लो कम्मर झर्ला जसरि दुखि रहेको हुनेछ | तपाई कतै बस्दा रगतको टाटो देखिने हो कि भनेर चनाखो हुनु पर्नेछ | तपाईलाइ त्यो अवस्थामा  अपवित्र भनेर फरक कुनामा सुताइने छ  र यो अवस्था एक पटक होइन प्रतेक २८ दिनमा दोहरिने छ |

अब भन्नुस तपाई के गर्नु हुन्छ ?

तपाई उत्तर नसोच्नु होस् तर मलाई विश्वास गर्नुस तपाईको आमा , दिदि बहिनि ,श्रीमती र छोरी यस्तो मिल्दो जुल्दो अवस्थाबाट प्रतेक महिना गुज्रिनछन् |

आजको दिनको  बारेमा पुरुषहहरुले जानकारी राख्नु अत्यन्त जरुरि छ । आज ऋषि पञ्चमी हो । महिलाहरु महिनावारी हुँदा हुने कथित पाप मोचनको लागि आज पूजा गरिन्छ । महिना बारि यस्तो अवस्था हो जसको अनुभव हामी पुरुषलाइ हुँदैन । प्रतेक दिन करोडौ महिला यो शारीरिक अवस्थाबाट गुज्रिनु पर्छ । नेपालमा हजारौ छोरीहरु यो अवस्थामा स्कूल जान सक्दैनन्  र गएका पनि प्रतेक पल तनाबमा हुन्छन | यो एकपटकमा सकिदैन प्रतेक २८ औ दिनमा यो चक्र दोहरिनछ |
अब यो प्राकृतिक शारिरिक अवस्थाको जानकारी पुरुष लाइ नहुँदा हामी परिवार को आफ्नै सदस्यको पिडामा साथ हुन सक्दैनौ । दिदि पिडाले बिछौनामा डल्लो परेर आशु झार्दा भाई रमाउदै स्कूल ब्याग भिरेर स्कूल गैरहेको हुन्छ । श्रीमती पिडाले रगत को टाटो लुकाउदै हिडेको देख्दा श्रीमान त्यो अबस्तामा उसलाई आराम दिम् अथवा तातो पानी तताएर दिनु पर्छ भन्ने सोच्दैन । यस्को एउटै कारण छ हामी सँग त्यो अवस्थाको अनुभव छैन ।
यो शारीरिक अवस्था सित पाप कता जोडियो थाहा छैन म यसको बिज्ञ होइन | तर हामी पुरुषले महिनावारीको बारेमा अलिकति जानकारी राख्न सकेको अवस्थामा हामी आफ़्ना आमा , दिदि बहिनि ,श्रीमती र छोरीहरुको पिडामा साथ हुन सक्छौ | हाम्रो न्यानो साथले उनिहरुको पिडा अलिकति भएनी कम हुन सक्ने थियो | महिनाबारी सित जोडिएका सामाजिक कुरीतिलाइ तोड्न पुरुषले आजको दिन बुझ्न जरुरि छ |

महिनावारी हुनु भनेको  अपवित्र हुने अवस्था नभएर सरसफाईमा ध्यान दिनु पर्ने अवस्था हो भन्ने जानकारीबाट घरमा आफ़्ना छोरा छोरीको प्रजनन शिक्षाको सुरुवात गरौ |

– डा.विजय ज्ञवाली

 

Related information- http://www.wikihow.com/Deal-With-Your-Period

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s