आत्महत्या: परिस्थितिले सिर्जना गर्ने दुर्घटना

आत्महत्या गर्न चाहने व्यक्तिले आफैले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिदैन | उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ | उसले गरेको संकेतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ | आत्महत्या गर्नेको उदेस्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पीडाको अन्त्य गर्नु हो | पीडा अन्त्यको लागि उसले त्यो बाटो रोजेको हुन्छ | यदि उसले आफ्नो पीडा कसैलाई सुनाउने वातावरणको सिर्जना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ | तसर्थ आत्महत्या गर्न चाहने व्यक्तिले गरेको संकेत बुझ्न सकियो र त्यसलाई गम्भीरता पुर्वक लिन सकियो भने आत्महत्या नियन्त्रण गर्न सकिन्छ | आत्महत्यालाई परिस्थितिले सिर्जना गर्ने दुर्घटनाको रुपमा व्याख्या गरिएको छ । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा आत्महत्या गर्ने मनोवृत्ति मृत्युको १३ औं कारण बन्न पुगेको छ । यसका अनुसार, वर्षेनी १ देखि २ करोड व्यक्तिहरुले आत्महत्याको प्रयास गर्दछन् भने १० लाख भन्दा बढि व्यक्तिहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्याको संख्याका आधारमा लिथुआनिया र जापान अग्रस्थानमा रहेका छन् ।नेपालमा आत्महत्याका घटना डरलाग्दो तरिकाले बढ्न थालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आर्थिक वर्ष ०६६/६७ देखि ०६९/७० सम्मको तथ्यांक अनुसार आत्महत्या गर्नेको संख्या १५ हजार २ सय ६१ पुगेको छ | कतिपय घटनाको सूचना प्रहरीसमक्ष नआउने भएकाले आत्महत्याका घटना अझ धेरै हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार असफलता, तनाव, आवेग, गरिबीलगायत कारणले धेरैले आत्महत्या गर्ने गरेका छन् । समस्याबाट भाग्नका लागि धेरैले आत्महत्या गर्ने गरेको प्रहरीको विश्लेषण छ । नेपालमा सामान्यतया घरेलू हिंसा प्रेम सम्बन्ध, वलत्कार अनिच्छित गर्भधारण, पारिवारीक वेमेल, पती या पत्नीले अर्को विवाह गर्ने, पर्याप्त दाईजो नल्याएको नदिएको निहुँमा पाउने मानसिक यातना, पढाईमा असफलता अत्यधिक ऋण, मानसिक विचलन जस्ता कारणनै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछन् ।

 

आत्महत्या गर्नसक्ने मानिसको प्रकृति

एक अध्ययन अनुसार आत्महत्याका घटनामा ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् ।उनि हरु ले आफ्नो समाज परिवार साथीभाई सित ति संकेत प्रस्तुत गरेका हुन्छन | मानसिक समस्या भएका कतिपय मानिसले आफैं समस्याको समाधान खोजेका हुन्छन् र चिकित्सकको सेवा लिन वा नजिकको विश्वासपात्र वा परिवारजनलाई कुनै न कुनै रूपमा जानकारी गराउँछन् । वास्तवमा उनीहरूलाई पनि आफ्नो शरीरको माया हुन्छ, तर अरू विकल्प नदेखेर आत्महत्याको बाटो अपनाउँछन् ।

आत्महत्या कस्तो अवस्थामा हुन सक्छ भन्नु गार्हो भएता पनि मनोविज्ञानको विश्लेषणको आधारमामा आत्महत्या गर्न सक्ने व्यक्तिको प्रकृति यस प्रकारको हुन सक्छ :

– जीर्ण   मानसिक रोगी, डिप्रेसनको रोगि

– धेरै संवेदनशीलता बोकेका व्यक्ति , प्रेम सम्बधमा परेका धोका खाएका ,सम्बन्ध बिच्छेत गरेका

– जीवनमा आउने सानोतिनो उतारचढावबाट डराउने मानसिकरूपमा अपरिपक्व तथा कमजोर मानिस,

– आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको प्रयास गरिसकेका व्यक्ति।

– १५ देखि २५ वर्ष सम्मका व्यक्तिहरु आत्महत्या को उच्च जोखिम भएका उमेर समूह हुन ,यसै गरि ४५ वर्ष माथिका व्यक्तिहरु पनि यो वर्गमा पर्छन |

– गर्भवती महिला

यसै गरि बिदेशी भुमिमा भएकाको हकमा भने यी बाहेक ,

– तनाव पूर्ण पारिवारिक वातावरण भएकाहरु

– तनाव पूर्ण काम गर्नेहरु

– नेपालमा गाँसिएको समन्धमा अस्पष्टता भएकाहरु

– बिदेशी भुमिमा भएका गर्भवती र सुत्केरी महिलाहरु

– कुलतमा लागेकाहरु

-प्रेममा धोका खाएका अथवा प्रेम र सम्बन्धको भ्रममा परेकाहरु

-आर्थिक रुपमा पिरोलिएका ,ऋण अत्यधिक भएकाहरु

रोकथाम को लागि के गर्ने ?

आत्महत्या जन-स्वास्थ्यको एउटा गम्भीर समस्याको रुपमा विकास हुदैछ | आमहत्या जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले यसको रोकथाम त्यति सरल छैन।धेरैजसो आत्महत्याका घटना आवेगमा नभई योजनाबद्ध रूपमा हुने गरेको पाइन्छ । कुनै कुरालाई लिएर धेरै सोच्नु वा पीडित हुनुजस्ता कारणले मानिसलाई त्यसतर्फ उन्मुख गराउँछ । आत्महत्या यही कारणले गर्छ वा हुन्छ भन्न मिल्दैन । यसका पछाडि अनेकौं कारण जोडिएका हुन्छन् ।लेखको यो खण्डमा आत्महत्या नियन्त्रण गर्न हामीले गर्न सक्ने प्रयास लाई बुँदागत रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै उसको खुसि भएर इच्छासमेत गाँसिएको हुन्छ । आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् । सहानुभूतिको आश गरिरहेका हुन्छन् । उनीहरुको यो इच्छा लाई बुझन सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ । मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ ।

तपाईले कसरि सहयोग गर्न सक्नु हुन्छ ?

कतिपय अवस्थामा तपाईको साथी ,परिवारका सदस्यले आत्महत्याको लागि संकेत गरेको हुनसक्छ । त्यो अवस्थामा तुरुन्त मनोबिज्ञको सहयोग लिनु आवस्यक हुन्छ | तर कतिपय अवस्थामा मनोबिज्ञसंग तुरुन्त सम्पर्कमा पुग्न सकिदैन त्यो अबस्थामा तपाईले साथी लाई यसरी सहयोग गर्न सक्नुहुन्छ :-

-स्थिर र सन्तुलित हुनु होस् |

-आत्महत्या गर्ने विचार मनमा आएको छ कि?भनि सिधा रुपमा सोध्नु होस् |

-समस्या सुन्नु होस् , गलत र सहिको निधान नगर्नु होस् |

-निरन्तर निगरानी राख्नुहोस् | एक्लै नछोडी दिनुहोस |

-घरमा आत्माहत्या लाई सहज पर्ने कुराहरु छन भने त्यसलाई हटाउनु होस्. |

-तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताकोमा लानु होस् |

-एक पटक आत्मा हत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ | तसर्त एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुपमा नलिएर समस्याको निराकरणको लागि बिज्ञको सहयोग लिनु होस् |

-आत्महत्याबाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो | आफ्ना नजिकका मानिसको सधै प्रसंसा गर्नु होस् | उनिहरुलाई सुन्नु होस् |

-त्यस्तो अवस्थामा गाली गर्ने , उसको कुरा सुन्न छोडेर आफ्नो अर्ति उपदेश दिने नगर्नुहोस | धर्य गरेर उसको कुरा सुन्नुहोस | सल्लाह मागेको खण्डमा उसको विचार लाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्नुहोस |

आत्महत्याको विचारबाट मुक्त हुन व्यक्ति स्वयमले अपनाउन सक्ने उपाय

आत्महत्याको विचारबाट मुक्त हुन व्यक्ति स्वयमले विभिन्न उपाए अपनाउन सक्छन् । बिदेशी भुमिमा हुने आत्महत्यालाई समेत मध्यनज़र गरेर तल केहि उपाय प्रस्तुत गरिएको छ |

-एक्लो भएको जीवन बिरानो ठाउँमा कहिले काहीं निरस हुनु स्वभाबिक भएतापनि यदि बारम्बार नकारात्मक विचार आउँछ भने त्यो अवस्थामा केहि कदम आफैले पनि चल्नु पर्छ |

– सकेसम्म एक्लै नबस्ने ,परिवार र साथीहरुको निरन्तर सम्पर्कमा रहने

– मन मिल्ने साथीसंग बस्नु सबै भन्दा उचित हुन्छ

– लागुपदार्थ र कुलतजन्य पदार्थको प्रयोग नगर्ने

-तपाई विद्यार्थी हो भने तपाईको स्कुल अथवा विश्वविद्यालयमा परामर्श केन्द्र हुन सक्छन त्यहाँबाट उचित परामर्श लिने | त्यो उपलब्ध छैन भने मन मिल्ने व्यक्ति सित आफुमा आएको निरासा र विचारको बारेमा कुरा गर्नु होस् |

– आफुलाई लागेका कुरा अरुलाई खुलस्त भन्ने, एक्लो अवस्थामा सोसिअल साइटहरुको सहारा लिने, बाहिर घुम्न जाने खुला वातावरणमा बस्ने

– प्रेम र अध्यात्मले आत्महत्या को विचार त्याग गर्न सहयोग गर्छ

– सम्भव भए सम्म छिटो मनोविज्ञको सम्पर्कमा जाने | अधिकांश मुलुकमा फ्री टेलिफोन परामर्श केन्द्र हुन्छन त्यहाँ बाट पनि सल्लाह लिन सकिन्छ . नभएको खण्डमा प्रतेक हस्पिटलमा मनोविज्ञ वा परामर्शदाताको व्यवस्था गरिएको हुन्छ उक्त ठाउँमा सम्पर्क गरेर सल्लाह लिन सकिन्छ |

– डा. विजय ज्ञवाली, क्लिनिकल मनोबिज्ञ

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s