मलाई मात्र किन यस्तो ?

मलाई मात्र किन यस्तो ? यो काउन्सेलिङ्ग कक्षमा मलाई सबै भन्दा बढी सोधिने प्रस्न हो | प्रतेक व्यक्तिका प्रसंग फरक फरक भएका कारण यो प्रस्नको एउटा उत्तर दिन गार्हो छ | काउन्सेलिङ्ग कक्षमा मलाई मेरो निजि सोच र विचार राख्ने अधिकार हुदैन किनकि मेरो पेशाको नियमले मलाई त्यो गर्न दिदैन | तर पनि म मेरो निश्चित विश्वास शैलीको (Belief system ) अनुसरण गर्छु |
समस्या त सबै सित हुन्छ | तर हामीलाई लाग्छ मेरो समस्या सबै भन्दा ठुलो हो | यो समस्याबाट पार लागे त जीवनमा खुसि नै खुसि हुने थियो | तर समस्याको अन्त्य त्यहाँ हुदैन | एउटा सकिन्छ अर्को आउछ | हामी सित सधै एउटा भ्रम हुन्छ कि मेरा समस्या ठुला अनि अरुका चाही साना , तर त्यो सत्य होइन | समस्या सबैका ठुला हुन्छन | समस्या अथवा दुख पिडाको रंग ,आकार र प्रकार हुदैन | समस्या पूर्ण रुपमा व्यक्तिको Perception मा निर्भर रहन्छ | प्रतेक व्यक्तिको perception फरक हुन्छ | Perception  पछि त्यसलाई हाम्रो सिस्टमले कसरि प्रतिक्रिया (Response)  गर्छ भन्ने महत्व पूर्ण रहन्छ | हाम्रो शरीर र मनले गर्ने प्रतिक्रिया (Response) लाइ हामी लक्षण ( Symptoms ) भन्दछौ |
यी सबै प्रक्रियामा महत्वपूर्ण हुन्छ ति समस्या सित जुध्न हामी सित कत्रो आत्मविश्वास र आशा छ | कहिलेकाही समस्या भन्दा समस्याका डरका कारण हामी अतालिएका हुन्छौ | डरले हामीलाई निर्वल बनाई दिन्छ |
व्यक्तिहरुले कसैलाइ सम्झाउदा “मलाई नि यस्तै भएको थियो , ठिक भै हाल्छ नि “भन्ने सब्द प्रयोग गर्ने गर्छन तर त्यो सब्दले सधै काम गर्छ जस्तो मलाई लाग्दैन | यस्ता सब्दले व्यक्तिको समस्यालाइ कम आकलन गरेको जस्तो लाग्छ | तसर्थ प्रतेक समस्याको गम्भीरता छुट्टै हुन्छ |
मलाई मात्र किन यस्तो ? यो प्रस्न स्वाभाविक छ किनकि हामीहरु अरुको मन भित्र हेर्न सक्दैनौ | कल्पना गरौ यदि त्यो सम्भव हुदो हो त कस्तो हुदो हो ……

यहाँ  प्रस्ट हुन खोजेको कुरा एउटा मात्र छ , प्रतेक मनहरु फरक छन् तसर्थ हामीलाइ लाग्छ मलाई मात्र किन यस्तो ? जुन स्वाभाविक सोच हो |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s