मानशिक समस्यामा परिवारको भूमिका

मानशिक स्वास्थ्य र परिवारको सम्बन्ध पटक पटक चर्चा भएको बिसय हो । मानशिक रोगको प्रमुख उपचार भनेको माया प्रेम र आत्मियता नै हो ।बिरामीको निको हुने प्रकियालाइ पारिबारिक सहयोगले ठुलो प्रभाब पार्ने पर्छ ।यस्तो अवस्थामा परिवारको कुनै सदस्य कुनै प्रकारको मानशिक रोगबाट पिडित भएको अवस्था छ भने त्यो अबस्थामा परिवारले कस्तो भूमिका खेल्न सक्छ । यो बिसय अत्यन्त महत्व पूर्ण हुन्छ । सिजोफेर्निया, बाइपोलर डिसअर्डर, मेनिया जस्ता गम्भीर मानशिक समस्याको बखत परिवारको सदस्य वा अरु कोहिले कस्तो व्यवहार गर्ने परिवार भित्र कसरि सन्तुलन व्यवहार गर्ने , कति जिम्मेबारी दिने भन्ने बिसय एउटा गम्भीर बहसको बिसय हो |

यस सम्बन्धमा म मेरो एउटा अनुभव राख्न चाहन्छु । केहि समय पहिले मलाई एक जना नब जात शिशुको आमाले समपर्क गरेकी थिइन । भर्खर अस्पतालबाट बच्चा सहित घर आएकी उनको प्रमुख समस्या भनेको उनको घरमा रहेकी दिदिको समस्या थियो । दिदि सिजोफेर्निया नामक मानशिक रोग बाट पिडित थिइन र उपचारको क्रममा थिइन । उनिबाट आफ्नो बच्चालाइ कुनै हानी हुन्छ कि भन्ने सम्बधमा उनले मलाई सम्पर्क गरेकी थिइन । सिजोफेर्नियाको उपचारमा रहेकी दिदिसंग आफ्नो बच्चालाइ छोडेर कतै जानु कत्तिको सुरक्षित हुन्छ भन्ने उनले जानकारी मागेकी थिइन ।

यसै गरि अर्को एक घटनामा एक महिलाले बाइपोलर डिसअर्डरबाट पिडित आफ्नो केटा साथी सित कस्तो सम्बन्ध राख्ने भन्ने सम्बन्धमा म सित सल्लाह मागेकी थिइन | उनको चिन्ता त्यो समन्धलाई कसरि दिगो बनाउन सकिन्छ भन्ने सम्बन्धमा थियो | यी दुवै घटनामा बिरामीको परिवारलाई बिरामीको रोगको बारेमा ओरियनटेसनको आबश्यकता रहेको देखियो । बिरामीको परिवारलाइ रोगको बारेमा प्रयाप्त जानकारी नहुँदा यस्तो प्रकारको अप्ठारो पटक पटक पर्न सक्छ । बिरामी प्रति प्रसस्त माया सद्बभाब हुँदा हुँदै पनि यस्ता घटनामा परिवार र बिरामी बिच गहिरो खाडल बन्न सक्छ । तसर्थ यस्ता कुरामा परिवार जन बेलामा सजक हुनु पर्छ । मानशिक बिरामी र परिवार बिचको अप्ठारो पनलाइ कम गर्न परिवार अथवा प्रियजनहरुले निम्न कूरामा ध्यान दिनु पर्छ

१. रोगको बारेमा जानकारी राख्नु

परिवारको सदस्य या प्रियजन लाई कस्तो समस्या छ त्यसको बारेमा सबै भन्दा पहिला सहि जानकारी आफुले राख्नु पर्छ । समस्या सामान्य किसिमको पनि हुन सक्छ अथवा कतिपय अवस्थामा जटिल पनि हुन सक्छ । त्यसैले आफन्तको रोगको बारेमा जानकारी राख्नु अत्यन्त जरुरि हुन्छ । बिशेस गरि समस्याको चरण , लक्षणहरु , औसधिको साइड इफेक्ट , रोगको चरम अवस्था र यसबाट उत्पन्न हुन सक्ने परिस्थिति जस्ता बिसय बस्तुमा बिज्ञबाट जानकारी हाशिल गरि प्रियजनको रोगको बारेमा सबै सूचना संकलन गर्नु पर्छ |

२. बिरामी प्रतिको अपेक्षा र बिरामीको परिवार संगको अपेक्षा

परिवारमा प्रत्येक व्यक्तिको आ-आफ्नो भूमिका र जिम्मेवारी रहेको हुन्छ । बिरामी पनि परिवारको महत्त्वपूर्ण सदस्य भएको हुनाले उसको पनि परिवारमा निश्चित जिम्मेवारी रहन्छ । त्यस्तो अवस्थामा परिवारका अन्य सदस्यले बिरामीबाट कुनै पनि जिम्मेवारीको अपेक्षा कत्तिको राख्ने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ । बिरामीको अवस्थाको बारेमा जानकारी राखेर उसलाई क्षमता अनुसार उसलाई जिम्मेवारीबाट वन्चित गर्नु हुदैन । बिरामीलाई उसको क्षमता अनुसारको जिम्मेवारी दिंदा उसमा आएको परिवर्त अवलोकन गरि सहयोग गर्नु पर्छ । रोगको प्रकृति अनुसार बिरामीको एमोशन , मूडमा परिबर्तन आउने हुदा सकभर प्रतक्ष्य निगरानीमा गरिने जिम्मेबारी दिनु पर्छ | बिरामीको पनि परिवारबाट विभिन्न अपेक्षा हुन्छ । ति अपेक्षाहरुलाई पुरा गरिदिन परिवारका सदस्य तयार रहनु पर्छ । बिरामीको कुरा धर्यपुर्वक सुनेर उसको सम्मान गर्न चुक्नु हुदैन । असम्भव कुरा छन् भने त्यसको पनि व्याख्या गर्नु पर्छ । घर सल्लाह जस्ता कुरामा बिरामीलाई अलग नराखी उसको अवस्था हेरेर सामेल गर्नु पर्छ ।

३. सहयोग केन्द्रको जानकारी र उपचार प्रक्रियाको पहुचमा सहयोग

परिवारको सदस्य मानसिक रुपमा अशक्त भएको बखत त्यो रोगसंग सम्वन्धित उपचार केन्द्र, आपतकालीन सहयोगको लागि सम्पर्क केन्द्रको बारेमा परिवारका सबै सदस्यमा राम्रो जानकारी हुनु पर्दछ । मानशिक स्वास्थ्य सित सम्बन्धित समस्या भएको व्यक्तिलाई आफु मानशिक रोगबाट पिडित भएको महसुस नभएको पनि हुनसक्छ | त्यो अबस्थामा बिरामी उपचार प्रक्रियाको पहुचमा नपुग्न सक्छ | त्यो अबस्थामा परिवारको भूमिका बिशेष रहन्छ | परिवारले उपचारको प्रक्रिया र पहुच सम्म पुर्याउन सहयोग गर्नु पर्छ |

४) उपचार प्रणालीको बारेमा जानकारी

मानशिक स्वास्थ्य सित सम्बन्धित उपचार प्रणाली बिभिन्न किसिमका हुन् छन् । आफ्नो परिवारको सदस्यको कस्तो प्रकारको चिकित्सकीय बिधिले उपचार हुँदैछ । कस्तो प्रकारको औषधीको सेबन गरेको छ । त्यसको साइड इफेक्ट कस्तो हुन्छ ? कति समय , कति मात्रा ? जस्ता बिषयमा जानकारी राख्नुपर्छ । कतीपय औसधि प्रतक्ष्य निगरानीमा खानु पर्छ त्यसको बारेमा पनि जानकारी राख्नु उपयुक्त हुन्छ । उपचारमा संलग्न चिकित्सक मनोबिद सित निरन्तर संपर्कमा रही जानकारी लिनु पर्दछ |बिरामीमा कुनै पनि फरकपन अप्ठारोपन देखिएमा उपचारमा संलग्न चिकित्सकलाइ सम्पर्क गर्नुपर्छ |

५ ) सामाजिक मिथ्यासंग लड्न सहयोग

हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ | जनचेतनाको कमि या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको बारेमा विभिन्न मिथ्याहरु रहेको पाइन्छ | मिथ्याका कारण बिरामीले आफ्नो परिवारबाट , समाजबाट , कार्य क्षेत्रमा अप्ठारो परिस्थितिको सामना गर्नु पर्ने भएको हुन सक्छ | त्यो अबस्थामा उसको अवस्था जानकारी राखेको व्यक्तिको ठुलो भूमिका रहन्छ | मानशिक समस्या सित लड्न जति गार्हो छ त्यतिनै सामाजिक मिथ्या सित लड्न गार्हो छ | धेरै व्यक्तिहरु मिथ्याका कारण थप पिडित हुने हुदा त्यस तर्फ परिवारका सदस्य सजक हुनु जरुरि छ |कहिले कही त्यस्ता मिथ्या परिवार भित्र नै पनि रहन सक्छ । तसर्थ परिवारका सबै सदस्यले बिरामीको रोगको छलफल गरी सुचना आदन प्रदान गर्नु पर्छ ।

मानशिक रोगको प्रभाब ठुलो हुन्छ । यसले बिरामीलाई मात्र नभएर परिवारका सदस्यलाई पनि प्रतक्ष्य अप्रतक्ष्य असजिलो बनाउछ । तर बिरामीको रोगको बारेमा जानकारी राखेर परिवारले बिरामी ठीक हुने प्रकृयामा ठुलो भूमिका खेल्न सक्छ । यसै गरि यो प्रकृयाले बिरामीको र परिवारको सम्बन्धलाई सहजीकरण गर्ने काम गर्छ ।

20622173_10213273363099439_6147031822396379847_n

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s