विपत्तिमा स्वयंसेवक : आवश्यक सीपहरु

भर्खर तराईमा गएको भुकम्प पश्चात एकजना चर्चित सामाजिक व्यक्तिव राहत वितरणको लागि तराई गए | तराईमा उनले गरेको कार्य अत्यन्त प्रसंसा गर्न लायक थियो | सरकारको ढिला सुस्ती बीच उनले गरेको कार्यलाइ उच्चकोटीको सम्मान दिन मलाई कुनै दोमन छैन | तर त्यो बिचमा राहतका कार्यक्रममा खिचेको एउटा फोटो जसमा उनले एउटा प्रभावितलाइ एन्टीबायोटिक औसधि दिएको प्रस्ट देखिन्छ | त्यो फोटो हेर्दा हामीले स्वयमसेबक परिचालन गर्ने सयन्त्रमा सुधार गर्ने पर्ने र स्वयम् सेवक स्वयंले पनि आफुमा केहि परिबर्तन गर्नु पर्ने कुराको आभास दिलायो | स्मरणरहोस एन्टीबायोटिक औसधि सम्बन्धित चिकित्सकको सिफारिसमा मात्र प्रयोग गरिन्छ | मात्रा र अवस्था नमिलेको अवस्थामा यसको गम्भीर असर हुन सक्छ | तत्कालिन बिप्पति घडीमा त्यो कुन अवस्थामा वितरण गरिएको हो भन्ने प्रस्ट नभए पनि प्राकृतिक प्रकोप अथवा अन्य अबस्थामा स्वयंसेवकको रुपमा काम गर्न इच्छुकको लागि भने यो घटना एउटा राम्रो शिक्षा हुन सक्छ |

 

नेपालको पूर्वी र पश्चिम तराई यति बेला पीडामा छ । प्रारम्भिक रिपोर्टले बताए अनुसार बिगतका केही वर्ष भन्दा यो वर्षको क्षति बढी हुने अनुमान गर्न सकिन्छ । २ बर्ष अघि नेपालमा गएको महाभूकम्प पश्चात नेपाली युवा पुस्ता यस्ता प्रकारको विपत्तिमा सक्रिय हुन थालेको महसुस हुन्छ । स्वतस्फुर्त रुपमा प्रभावित क्षेत्रमा राहत सामग्री लिएर युवा युवती पुग्नुले अबको पुस्ता विपत्ति व्यवस्थापनको लागि केहि हदसम्म तयार हुदैछ भन्ने आभास भएको छ । जुन अन्त्यत सकारात्मक पक्ष हो । विभिन्न प्रकारको विपत्तिको लागि सरकारी निकाय तयार नभएको अवस्थामा देश ब्यापी रुपमा विभिन्न अभियानको नाममा विभिन्न स्वयंसेवी समूह तयार हुनु अत्यन्त राम्रो कुरा हो | तर यसरि विपत्तिको बेला परिचालित हुने स्वयंसेवी प्रभावित क्षेत्रमा के गर्न सक्छन ? के गर्दैछन् र के साच्चिकै उनीहरुले प्रभावितलाई सहयोग गर्न सकेका छन् त त्यो अत्यन्त महत्वपुर्ण पक्ष हुन जान्छ | स्वयंसेवक बिभिन्न किसिममा हुन्छन । जसमध्ये विपत्तिको लागि तयारी गरेका स्वयंसेवक (skill based volunteer – SBV भनिन्छ ), विपत्तिको बेला स्वतः स्वयंसेवीको जिम्मेवारी लिनु पर्ने व्यक्ति ( जस्तै राजनीतिज्ञ , स्कूल टिचर , स्थानिय अभिभावक ) , स्वतस्फुर्त रुपमा आउने स्वयंसेवक आदि हुन् । यस्तो बेला सबै प्रकारको स्वयंसेवा उत्तिकै महत्वपूर्ण भयता पनि कुनै पनि प्रकारको सीप बिनाका स्वयंसेवक भने विपत्तिको बखत योग्य मानिदैनन । स्वयंसेवक परिचालनलाई अली व्यवस्थापन गरिएको जापानको तोहोकु महाभूकम्प र कुमामोतो भुकम्प बेलामा पनि सीप बिनाका स्वयंसेवक परिचालन ठुलो समस्या बनेको थियो । नेपालको हकमा पनि विपत्तिको बेला परिचालनको सिस्टम अझै विकास नभएको बेला स्वयमसेवकको गुणस्तर कस्तो छ भन्ने आंकलन तत्काल गर्न सकिने अवस्था छैन । सरकारी सहयोगको संयन्त्र कमजोर भएको बखत यसरी स्वत: स्फुर्त रुपमा पुग्ने स्वयंसेवक माथि प्रश्न उठाउनु तत्काल सजिलो पनि छैन । तसर्थ यस्तो अवस्थामा स्वयमसेवक आफैले ध्यान दिनु पर्ने हुन्छ |

सामान्यतय: स्वमसेवकमा हुनु पर्ने सीप धेरै भएता पनि तोहोकु भुकम्प , कुमामोतो भुकम्प र गोर्खा भुकम्पमा काम गर्दाको अनुभवमा ३ वटा महत्वपूर्ण सीपको बारेमा यहाँ चर्चा गरेको छु |

१ ) प्राथमिकताको पहिचान गर्ने सीप ( Assessment skill )

मेरो अनुभवमा विपत्तिको लागि स्वमसेवकलाई आवश्यक पर्ने सबै भन्दा महत्वपूर्ण सीप भनेको प्राथमिकताको पहिचान नै हो । विपत्ति यस्तो वेला हो जसको सबै घटना आकस्मिक हुन्छन । उक्त अवस्थामा स्वयमसेवकले तत्काल निर्णय गर्ने क्षमता राख्नु जरुरी छ । बिप्पतिको गम्भीरता , प्राथमिकतालाइ पहिचान गर्न सक्ने शिप बिना स्वयम्सेबकहरु अपूर्ण हुने हुदा यस्ता किसिमका शिपको ज्ञान लिनु अत्यन्त राम्रो हुन्छ | बिप्पति सित सम्बन्धित रहेर विभिन्न किसिमका गाइड लाइनहरु निर्माण भएका छन् | बिस्व भरि त्यस्ता गाइड लाइनहरुको प्रयोग गरिने हुदा बिप्पतिमा काम गर्न इच्छुकहरुले ति गाइडलाइनको अध्ययन गर्नु पर्दछ |

२ ) सहयोग गर्ने सीप ( Tolls )

स्वयंसेवा गर्ने व्यक्ति यदि कुनै सीप बिना गएको छ भने कतिपय अवस्थामा उक्त स्वयमसेवक केवल मुकदर्शक मात्र बन्न सक्ने सम्भावना रहन्छ | तसर्थ निश्चित सीप बिना सहयोग गर्न जानु अनुपयुक्त हुन्छ | विपत परेको बेला सामान्य सीप पनि काम लाग्ने हुँदा आफुमा भएको क्षमता आंकलन गरेर मात्र प्रभावित क्षेत्रमा जानु उपयुक्त हुन्छ | उक्त समयमा आवस्यक सीपहरु विभिन्न किसिमका हुन्छन जस्तै प्राथमिक उपचार तालिम , मनोबैज्ञानिक सहयोग तालिम , नेतृत्व तालिम , पौडी खेल्न जानेको , बालबालिकाको अभिरुचि जानेको व्यक्ति , शारीरिक रुपमा योग्य , डकर्मी सिकर्मी , स्थानीय सामग्री प्रयोग गरेर अस्थाई घर बनाउन सक्ने शिप आदि | यस्ता किसिमको सीप बिप्पतिको बखत उपयुक्त हुन्छ |

मैले कुमामोतो भुकम्प पश्चात अस्थाई शिबिरमा काम गर्ने मौका पाएको थिए | स्वयंसेबकको रुपमा प्रवेश गरेको मैले भुकम्पका कारण स्कूल बन्द भएर बसेका बालबालिका हेर्ने जिम्मा पाएको थिए | त्यो बेलामा कागजको कार्ड बनाउने तरिका जानेका कारण मैले आफ्नो जिम्मेवारी पुरा गर्न सकेको थिए | अत्यन्त सामान्य शिप भएता पनि त्यो शिपका कारण मैले बालबालिकासंग राम्रो सम्बन्ध स्थापित गर्न सकेको थिए | तसर्थ विभिन्न किसिमका शिप हुनु स्वयम्सेबीका लागि राम्रो हुन्छ |

३) सहयोग संयन्त्रको जानकारी ( Information/ Resources)

प्रभावित क्षेत्रमा पुगेका स्वयंसेवकहरुले सबै समस्याको समाधान गर्न सक्छन भन्ने छैन | तसर्थ त्यो अवस्थामा आवश्यक सहयोग गर्न विभिन्न स्रोतहरुको जानकारी राख्नु अत्यन्त जरुरि रहन्छ | विपत्ति व्यवस्थापनमा राम्रो विकास गरेका मुलुकको अनुभवलाइ हेर्ने हो भने विपत्ति पश्चात तुरुन्त स्थानीय सरकारको रहोबरमा विभिन्न क्षेत्रको संयन्त्र मीटिंग बस्ने व्यवस्था मिलाइएको हुन्छ | भुकम्प र अन्य प्रकोपको समय र त्यस पश्चातको अवस्थामा काम गर्ने संस्थामा आवद्दता भएको नाताले मैले कुमामोतो भुकम्प पछि त्यहाँ प्रत्येक दिन बस्ने संयन्त्र मीटिंगमा सहभागी हुने मौका पाएको थिएँ | त्यस्ता मीटिंगमा विभिन्न माध्यमबाट प्राप्त सूचनालाइ संकलन गरेर प्रभावितहरुको आवस्यकतालाई सम्बोधन गर्न सके सम्म प्रयाश गरिन्छ | नेपाल महाभूकम्प पश्चात पनि यस्ता बैठकहरु बसेको अनुभव भएता पनि सबै अबस्थामा त्यस्ता राहत कार्यक्रम सम्म सबैको पहुँच नपुग्न सक्छ | तसर्थ स्वयम् सेवकहरुले विभिन्न सहयोग संयन्त्रको जानकारी राख्नु जरुरि छ |

नेपाल विभिन्न किसिमका प्राकृतिक प्रकोप बढी हुने मुलुकमा पर्दछ | यो अवस्थामा विपद ब्यबस्थापन नेपालीको लागि अत्यन्त महत्वपूर्ण आवश्यक बिसय हो | विपद ब्यबस्थापनमा स्वयंसेबकको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ | तसर्थ यस्ता किसिमका स्वयम् सेबक उत्पादनमा राज्यले ध्यान दिनु पर्ने हुन्छ | कुनै योजना शिप बिनाका स्वयम् सेबक प्रभावित क्षेत्रमा पर्यटक मात्र हुने हुदा त्यता तिर ध्यान दिनु अत्यन्त जरुरि छ |

( लेखक जापान इजराइल एड सपोर्ट कार्यक्रम , जापानमा कार्यरत क्लिनिकल मनोबिद हुन् )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s