कार्यस्थलमा मानशिक स्वास्थ्य

डा.विजय ज्ञवाली
मानव जिवनको वस्यक बेलाको धेरै समय व्यक्तिले आफ्नो काम अर्थात कार्य स्थलमा बिताउने गर्छन् । जती समय हामीले आफ्नो घरमा बिताउने गर्छौं त्यो भन्दा पनि बढी उत्पादनशील समय कार्य स्थलमा बिताउने हुँदा त्यो समय हाम्रो जिवनमा महत्वपूर्ण हुन्छ । तसर्थ हाम्रो कार्यस्थलमा बिताउने समय हाम्रो कार्य उत्पादन, सफलता, आपसी मेलमिलापसंग मात्र नभएर हाम्रो सम्पूर्ण स्वस्थ संग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । त्यो समय हाम्रो शारीरिक र मानशिक स्वास्थ्य सित पनि सम्बन्धित हुन्छ । कार्यस्थलको वातावरण, व्यक्तिको कार्यक्षमता, सोच र धारणा निर्माणमा महत्वपूर्ण रहन्छ । अनुपयुक्त वातावरणमा उसको कार्यक्षमताको विकासमा अवरोध मात्र होइन विभिन्न मानशिक समस्याको सुरुवात पनि हुन सक्छ ।

यो वर्ष विश्व मानशिक स्वास्थ्य दिवसको नारा “कार्यस्थलमा मानशिक स्वास्थ्य” हो । आधुनिक युगको सुरुवात संगै कार्यस्थल दोस्रो घरको रुपमा विकास भएको छ | अझ मानिसले आफ्नो जिबनको उत्पादन मुलक समयको अधिकांस समय आफ़्नो कार्य क्षेत्रमा बिताउने हुँदा यो वर्षको नाराले विशेष महत्वपूर्ण अर्थ राख्दछ |

कार्यस्थल भित्रका मानशिक समस्या

कार्यस्थल भित्र हुने स्वास्थ्य समस्या मध्ये कतिपय शारीरिक समस्या सजिलो गरि देखिन्छ जस्तै कम्मर दुखाई , गर्धन दुखाई , बाथ, मोटोपन आदि तर मानशिक स्वास्थ्यको हकमा यो सामान्यतया देख्न र महसुस गर्न गार्हो हुन्छ | सामान्यतया: जागिर गुम्ने डर अथवा सामाजिक मिथ्याका कारण यस्ता समस्याको चर्चा हुदैन | जसको कारण कार्यस्थल सुरुमा २ वटा महत्वपूर्ण सूचक देखा पर्छ | पहिलो बढी बिदा बस्ने अर्थात् कामदारको अनुस्पस्थिति र दोस्रो कामदारको उत्पादनशिलतामा कमी | विश्व स्वास्थ्य संगठनले तयार गरेको स्वास्थ्य तथा काम पर्फमेन्स प्रस्नावलीलाइ प्रयोग गरि गरिएका विभिन्न अनुसन्धानले डिप्रेसन , मोटोपन , बाथ कम्मर तथा गर्धन दुखाइ र आत्तिने समस्यालाइ क्रमश: कार्य क्षमतामा प्रभाव पार्ने समस्याको रुपमा लिएको छ | कार्यस्थलमा हुने मानशिक समस्या मध्ये डिप्रेशन, आत्तिने डराउने समस्या, द्विध्रुवी विकार र बर्न आउट आदी हुन । जस मध्ये डिप्रेसन प्रमुख हो । सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा हामीलाई धेरै सताउने रोग मध्येमा डिप्रेसन चौथो भएको तथ्य पत्ता लागेको थियो जुन सन् २०२० सम्ममा दोस्रो हुने अनुमान गरिएको छ । यो तथ्यांकको आधारमा नै डिप्रेसन कती ब्यापक छ अनुमान लगाउन सकिन्छ । साधारणतया डिप्रेसन् भन्ने बित्तिकै हामी मानशिक लक्षण तिर बढी केन्द्रित हुन्छौं तर यसले जिउ थाक्ने कार्यक्षमता घट्ने सोच्न नसक्ने, विभिन्न ठाउँ दुख्ने ,अल्छि लाग्ने, सोच्न नसक्ने, निर्णय गर्न नसक्ने जस्ता लक्षण देखाउंछ । कार्यस्थलमा देखिने अर्को समस्या भनेको आत्तिने समस्या हो । जसमा बिशेष गरी शारीरिक र मानशिक दुवै प्रकारका लक्षण देखा पर्छंन जस्तै, मुटुको धड्कन तेज हुनु, श्वासको गति बढ्नु, श्वास रोकिएको जस्तो हुनु, शरीर या हातखुट्टा कांप्नु, घाटीमा केही अट्किएको जस्तो हुनु चिट् चिट पसिना आउनु आदि । आत्तिने रोगले मानिसको मांशपेशीहरूमा तनाव गराउने हुँदा टाउको र गर्दन दुख्ने समस्या बढि मात्रामा हुन्छ ।जुन मुल रुपमा कडा पन सित सम्बन्धित हुन्छ ।यसै गरी अर्को समस्यामा द्विध्रुवी विकार पर्दछ । यसमा ब्यक्ती कहिले अत्यन्त नीरश हुने कहिले एकदम अचानक ठीक हुने प्रकारको हुन्छ । कार्यस्थलमा पनि कुनै बेला एकदम मिहिनेत गर्ने बढी आत्म विश्वाश देखिने क्षमता भन्दा रफ्तारमा देखिने हुन्छ । यो पनि कार्य स्थलमा देखिने एउटा प्रमुख समस्या हो । बर्न आउट – यो समस्या ठुलो समस्या नभयता पनि सम्भवत सामान्यतया: सबै भन्दा बढी देखिने समस्या हो । सधैं एकै प्रकारको काम जिम्मेवारीबाट अचानक थकित हुने र अचानक काम प्रतीको अभिरुची घट्नुलाई बर्न आउट भन्दछन् । यो समस्याको निराकरण नहुँदा पछी गएर आत्तिने र डराउने समस्या हुन सक्छ ।

कसरि सुधार गर्ने

कार्यक्षेत्र भित्र कसरि स्वस्थ वातावरणको सिर्जना गर्ने भन्ने बारेमा विभिन्न अनुसन्धान भएका छन् | कतिपय समयमा रोजगार दाता र कामदार बिचको सम्बन्ध आर्थिक पक्ष सित जोडिएको भएता पनि यो सम्बन्ध त्यतिमा मात्र सिमित हुदैन | तनाव रहित वातावरण अथवा कार्य स्थलमा हुने अन्य कुराले प्रभाव पारि रहेको हुन्छन | विभिन्न वोर्क मोडेल भित्र चर्चा गरिएका प्रसंग मध्ये ३ महत्वपूर्ण बुंदा यहाँ प्रस्तुत गरिएको छ |

रोजगारकर्ताको पहिचान र प्रसंशा

प्रत्येक कामदारले आफ़्नो कामको पहिचान कुनै कुनै न रुपमा खोजि रहेको हुन्छ | चाहे त्यो ठुलो काम होस् या सामान्य काम उसको काम सित जोडेर उसको पहिचानको संरक्षण गरिदिनु रोजगार दाता र उसका सहकर्मीको कर्तव्य हो | उसको कामको कारण उसले पाउने प्रशंशा उसको स्वस्थ जीवनशैलीको प्रमुख आधार मात्र नभएर भविस्यमा अझ उत्पान्दन मुलक कार्यको निम्ति मार्गदर्शन / प्रेरणा पनि हो |

काम र जिवनको सन्तुलन

कामदारको काम र जिवनशैलीको सन्तुलन कामदारको निजि विषयवस्तु मात्र होइन | यसको सन्तुलन रोजगारदाता र कामदारको आपशी समझदारीमा मात्र सम्भव छ | रोजगारदाता नतिजामा मात्र केन्द्रित हुँदा कामदारले काम र जिवन बिचको सन्तुलनमा द्वन्द बेहोरिरहेको हुन सक्छ | जसको प्रभाव उसको उत्पादनशिलतामा परिरहेको हुन्छ | जुन अन्तिममा कम्पन्नीलाइ पर्ने प्रभाव पनि हो | तसर्थ कामदार र उसको जिवनको सन्तुलनको बारेमा रोजगारदाता र कामदार बीच छलफल हुनु जरुरि छ |

कार्यस्थल भित्र स्वस्थ्य जिवन शैली

कार्यस्थलको वातावरणले कामदारको स्वस्थ जीवनशैलीमा प्रत्यक्ष सरोकार राख्छ | अफ़िसमा हुने अभिवादन , ब्रेक , लन्च ,संवाद , आपसी सम्बन्ध जस्ता सामान्य कुराले कार्यस्थलको वातावरण निर्धारण गर्छ | जुन हाम्रो स्वास्थ्य जीवनशैली सित सम्बन्धित पनि हुन्छन | कार्यस्थल भनेको सधै रमाइलो गर्ने ठाउँ नभएता पनि निश्चित कुरामा ध्यान दिन सक्ने भने दबाब मुलक कार्य पनि सहज बाताबरणमा गर्न सकिन्छ | दबाब मुलक कार्यहरुको बिच लिने ब्रेक अत्यन्त महत्व पूर्ण रहन्छ | त्यो बखत विभिन्न स्वास्थ्य सामग्री पढ्न दिएर , स्वास्थ्य सेमिनार ( ध्यान ,योग आदि ) र स्वास्थ्य क्लब जना प्रेरित गरेर आफ़्ना कामदार लाइ मानशिक रुपमा ब्रेक लिन प्रेरित गर्न सकिन्छ |

कार्यस्थल भित्र मानशिक स्वास्थ्य सबैको साझा सरोकारको बिसय र छलफलको बिसय हुनु जरुरि छ | यस भित्रका मिथ्याका बिसयलाइ छलफलको बिसय बनाएर एकले अर्कोको समस्या सहजीकरण गर्नु जरुरि छ | उपयुक्त बाताबरणमा काम गर्दा यसले दीर्घकालीन रुपमा रोजगार दाता र रोजगार कर्ता लाइ नै फाइदा पुराउने हुदा “कार्यस्थलमा मानशिक स्वास्थ्य” छलफल को बिसय हुनु जरुरि छ |

maxresdefault

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s