मानशिक समस्याका लक्षणहरु

मानसिक समस्या देखा पर्ने लक्षणहरु रोग र रोगको कारण अनुसार विभिन्न किसिमका हुन सक्छन | प्रतेक मानशिक रोग त्यसको कारण अनुसार लक्षण फरक फरक हुन्छन | मानशिक समस्याको असर हाम्रो मानब शरिरको विभिन्न प्रणालीलाइ पर्ने हुदा यसले विभिन्न किसिमको लक्षणहरु देखापर्ने गर्छ | विभिन्न लक्षणलाइ यहाँ बर्गिकरण गरिएको छ | यो ब्लगमा राखिएको वर्गीकरण एउटा आम मानिसलाई मानसिक समस्या बुझ्न सजिलो होस् भन्ने उदेस्य राखेर गरिएको हो |

१. शारीरिक लक्षण ( Physical symptoms )

मानशिक समस्याले विभिन्न किसिमका शारीरिक लक्षणहरु देखा पर्न सक्छन | यस प्रकारका लक्षण हरुलाई सोमाटिक लक्षण पनि भनिन्छ | यसमा शारीरिक लक्षणहरु पर्दछन जस्तै: जिउ दुख्ने, झम्झमाउँने, लाटो हुने, अनिन्द्रा, थकान , वजन बढ्ने घट्ने , पेट दुख्ने . टाउको दुख्ने .पाचन प्रणाली सित सम्बन्धित समस्या आदि पर्दछन् |

२. संवेगात्मक लक्षण (Cognitive )

मानशिक समस्याले हाम्रो चेतनालाई पनि असर गर्छ | यसमा देखापर्ने संबेगात्मक लक्षण अत्यन्त जटिल प्रकारका हुन्छन | यसले व्यक्तिको स्मरण शक्ति ,एकाग्रता निर्णय क्षमता जस्ता चेतनाका विभिन्न पक्षलाई असर गर्ने हुदा यसमा स्मरण शक्तिको हास , निर्णय क्षमतामा कमि ,नकारात्मक सोच हतास मानशिकता जस्ता लक्षण देखा पर्दछ |

३. भावनात्मक लक्षण ( Emotional )

मानशिक स्वास्थ्य र हाम्रो भावना अत्यन्त जोडिएका पक्ष हुन | स्वस्थ्य रहेका बखत व्यक्तिका भावनाहरु पनि सकारात्मक हुन्छन | अस्वस्थ्य अबस्थामा भने विभिन्न असरहरु देखा पर्ने गर्छन | मानशिक समस्याका देखा पर्ने लक्षणहरु मुडी, बेचैनी र छिटो रिस उठ्ने , उत्तेजित हुने , आराम गर्न नसक्नु ,एक्लो पन महसुस हुनु , एक्लो पन , दुखि र बेखुसी आदि हुन् | सकारात्मक सोच स्वस्थ्य भावनाको प्रतिक हो |

४. व्याबहारिक परिवर्तन (लक्षण ) ( Behavioral )

मानशिक समस्या र रोगका कारण हाम्रो व्यवहार पनि परिबर्तन आउछ | जसको कारण विभिन्न किसिमका लक्षण देखा पर्न सक्छन | जस मध्ये बढी खानु अथवा नखानु , बढी निन्द्रा लाग्ने वा कम लाग्ने , एक्लो बस्नु , जिम्मेबारी बहन नगर्नु , जिम्मेवारी नलिनु , मध्यापन धुम्रपान लागु पदार्थको सेबन गर्नु , आत्तिने व्यवहार ( नग टोक्ने, हतास देखिनु )आदि हुन् |

५. काल्पनिक लक्षण ( Imaginary )

मानशिक रोगको कतिपय अबस्थामा बिरामीले कहिले कहिँ अत्यन्त काल्पनिक लक्षणहरु देखाउने गर्दछ | बिरामीको कलपनाबाट सृजित त्यस्ता किसिमका लक्षण कतिपय विश्वास गर्न सकिने र कतिपय एकदम अबिस्वाशिलो पनि हुन्छन | त्यस्ता लक्षणहरु बिशेस गरि गम्भीर मानशिक रोगहरुमा देखिने गर्छ | यस्ता बिरामीहरु शंकालु हुने , कोहिबाट हानी हुने कुरा बताउने , भुत प्रेत देखे भन्ने आदि जस्ता काल्पनिक लक्षण हरु देखिनछन् |

( To be Continue….)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s