बाल सुलभ प्रस्नको जवाफ : मनो सामाजिक शिक्षाको सुरुवात

मानबिय भावना अनुभुती सबैले गर्छन् । चाहे बालक चाहे बयस्क सबैमा सम्बेदनशीलता हुन्छ । अनुभुती, स्पर्स ,ग्रहण गर्ने शैली ,अभिब्यक्ती जस्ता बिषय बस्तु बाल बालिकाको हकमा पनि महत्वपूर्ण हुन्छ । जन्मजात आउने यि बिषय उमेर संगै परिपक्क र बिकसित हुन्छन । साधारण रुपमा हामी बाल मनोविज्ञानको समस्या भनेको उसको बृदि बिकाश सित मात्र सम्बन्धित हुन्छ भने सोच छौ | तर बालबालिकालाइ पनि डिप्रेसन तनाब जस्ता समस्या हुन सक्छ | तसर्थ उनिहरुलाइ पनि मनोबैज्ञानिक शिक्षाको आबश्यस्क पर्छ |
मेरो साथीको छोरा सित एउटा स्वभाब छ । उसको आमाले अरु केटा केटी सित बोलेको काखमा लिएको उ मन पराउदैन र रुन्छ । यसको अर्थ हो उ असुरक्षित महसुस गर्छ । मेरी आमा सधैं मेरी मात्र हुन भन्ने ठान्छ । यो एउटा स्वाभाबिक अभिब्यक्तीको उदाहरण हो । मलाई लाग्छ उ बिस्तारै कुरा बुझ्दै जानेछ । उसले बुझ्ने प्रकृयामा हामी सहयोगी हुनु जरुरी छ ।
अर्को एउटा घटनामा अर्को ६ बर्से बालक भन्छ । जब जब घरमा पैसाको कुरा निस्किन्छ । बुवा आमाको झगडा हुन्छ । ६ बर्षको उमेरमा उसले झगडा बुझ्ने मात्र होइन झगडाको कारण पनि व्याख्या गर्न सक्छ । उ झगडा बुझ्ने मात्र होइन कारण समेत बिस्लेसन गर्न सक्छ |
माथिको घटना मैले बाल मस्तिस्कको कृयाकलाप बुझाउन प्रस्तुत गरे । बाल्य मनोबिज्ञान कुरा बुझ्न मात्र होइन प्रसँगलाई आफ्नो क्षमता अनुसार सस्लेसन गर्न व्याख्या गर्न पनि सक्ने हुन्छ । यसको अतीरिक्त माया घृणा रिस इर्स्या सबै प्रकारको अनुभुती गर्न योग्य हुन्छ ।

a-girl-asking-her-mom-for-something-clipart-5
Illustration of a Confused Mom Thinking About How to Respond to Her Son’s Questions

मानशिक रुपमा स्वस्थ बालबालिका भनेका भबिस्यका आधार स्तम्भ हुन । यसले उनिहरुको स्वास्थ्य जिबन र जिबन शैलीको पथ प्रबर्तकको भूमिका खेल्छ । बालबालिका दु:ख सुख रिस इर्स्या जस्ता कुरा अनुभुती गर्न सक्छन । उनीहरु दुखी हुनु रुनु रिसाउनु इर्स्यालु हुनु सधैं नकारात्मक हुँदैन । यो सामान्य मानबिय अनुभुतीको दर्पण हो । यस्ता व्यबहार प्रकटले उनीहरुको जीवन ज्ञान बढेर जान्छ । अनुकुल र प्रतिकुल अवस्थाको अनुभुतीले मानाशिक लचकताको बिकास गर्न सहयोग मिल्छ । जुन उनिहरुको जीवन भोगाइ र सिकाइ हुन्छ । तर यसरी उनिहरुले प्रकट गर्ने सम्बेदनाहरुलाई हामीले उचित र आबशेक्ता अनुसार सम्बोधन गर्न जरुरी छ । उनिहरु जिज्ञासु हुन्छन । तर कहिले काही जिज्ञासा प्रश्नको रुपमा नभएर व्यबहारको रुपमा पनि प्रस्फुटन हुन सक्छ । व्यवहारको रुपमा त्यो प्रकट रिस, खुसि, इर्स्याको रुपमा त्यो प्रकट हुन सक्छ | तसर्थ त्यसको सम्बोधन हुनु जरुरी छ ।

बालबालिकामा स्वस्थ्य मानशिक स्वास्थ्य भएको अवस्थामा त्यो विभिन्न स्वरूपमा परिवार ,स्कूल र समाजमा झल्किन्छ | र तपाइले दिने उसको किन ? को जवाफ नै उसको मनोबैज्ञानिक शिक्षाको सुरुवात हो | यस अर्थमा बालबालिका पहिलो गुरु उसका माता पिता नै हुन् | उ पटक पटक प्रस्न गर्छ बाबा किन ? मामु किन ? तपाई उसको जिज्ञासा मेट्न तयार हुनु नै पर्छ |

( सम्पादन नगरिएको …..)
क्रमस …..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s