मानशिक स्वास्थ्य भित्रका मिथ्याहरु

मानशिक स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याहरुमा मानशिक रोग सित सम्बन्धित विभिन्न मिथ्याहरु पनि प्रमुख रुपमा पर्दछ | एउटा मानशिक रोग सित जुधिरहेको व्यक्तिको लागि यस सित सम्बन्धित मिथ्याहरु सित जुध्नु पनि उत्तिकै कठिन हुन्छ | अझ हाम्रो जस्तो मानशिक स्वास्थ्य चेतनाको छेत्रमा खासै बिकाश नभएको मुलुकमा यो बिसयमा अत्यन्त धेरै मिथ्याहरु पाइन्छ |

अझै पनि समाजमा मानशिक रोग र यसका लक्षणका आधारमा विभिन्न किसिमले मानशिक रोगीलाई विभिन्न क्रियाकलाप र अधिकारबाट बन्चित गर्ने गरिन्छ | समाजमा मिथ्याहरुको कारण मानशिक स्वास्थ्य सित सम्बन्धित अभियानहरुमा थुप्रै अप्ठारा हरु रहदै आएका छन् |

मानशिक स्वास्थ्य सित सम्बन्धित मिथ्याहरुलाइ बृहत रुपमा २ भागमा बिभाजन गरेर हेर्न सकिन्छ |

१ ) सामाजिक मिथ्या

साधारण तय समाजले मानशिक रोगीलाई हेर्ने मिथ्या पूर्ण नजरलाइ यो प्रकारको मिथ्यामा राख्न सकिन्छ | यसको मुख्य आधार भनेको समाजमा ब्याप्त भ्रम हो जुन सामाजिक कुरीति , समाजले निर्माण गरेको गलत मूल्य मान्यतामा आधारित हुन्छ | जस्तो उधाहरणको लागि मानशिक रोगलाई देवी देवताको दोष वा पूर्व जन्मको दोष मान्ने मूल्य मान्यता भएको समाजमा बिरामीको रोग को उपचार भन्दा देवी देवतालाइ खुसि बनाउने अभ्यास बढी हुन्छ | पूर्व जन्मको दोषको आधारमा बिरामीलाई व्यवहार गरिन्छ | अझ कतिपय अबस्थामा बिरामीलाइ हिंसक हुने ठानेर घर खोरमा बाधेर राख्ने प्रचलन समेत पाइन्छ | यी सबको कारण भनेको सामाजिक मिथ्या हो | समाजमा यस्ता मिथ्या भनेको परापुर्ब काल देखि रहेको पाइन्छ | जसको मुख्य कारण भनेको मानशिक रोग सित सम्बन्धित सामाजिक शिक्षाको कमि नै हो |

२ ) व्यक्तिगत मिथ्या

मानशिक रोगीले स्वयम् आफुले महसुस गर्ने दोष ,लज्जा डर चेतनाको कमिको आधारमा महसुस गर्ने मिथ्यालाइ व्यक्ति मिथ्या भनेर बुझ्नु पर्दछ | यस्तो प्रकारको मिथ्याका कारण धेरै मानशिक रोगीले आफ़्नो रोग लुकाउने अबस्था हुन्छ | यो मिथ्या बास्तबमा बिरामीको आत्मा विश्वास सित पनि सम्बन्धित छ | मानशिक रोगको आधारमा उ प्रति हुन सक्ने भेदभावको डर कारण उसमा एक प्रकारको मिथ्याले ठाउँ पाएको हुन्छ | यो मिथ्या बिरामीको आफ़्नो रोग संगको लडाई हो जसको निराकरण नगरी कन मानशिक रोगको उपचारको प्रक्रिया जना अत्यन्त गार्हो हुन्छ |जसको मुख्य कारण पनि मनो सामाजिक शिक्षा को कमि नै हो |

stigma

 

मिथ्याका उदाहरणहरु

– मानशिक रोग दुर्बलता , कायरपन हो यो एउटा कमजोरी हो |
– यो सरुवा रोग हो |
– यो देवी देवताको प्रकोप वा श्राप हो |
– यसको उपचार सम्भव छैन |
– आत्महत्या कायरपन हो | अपराध हो |
– मानशिक रोगि हिंसक हुन्छन , अपराध गर्ने हुन्छन | आदि

किन मिथ्या बाधक हो ?

हाम्रो जस्तो शिक्षा साक्षरता दर कमि भएको देशको समाजमा रहेका सबै प्रकारको मिथ्या ठुलो चुनौतीको रुपमा रहेको छ | अझ हाम्रो लागि समाज भित्र थुप्रै समस्या ब्याप्त रहेको बखत मानशिक स्वास्थ्य खासै प्राथमिकतामा परेको पाइदैन | मिथ्याले बिशेष रुपमा बिरामीको मानसिक स्वास्थ्यको पहुचमा अबरोध सिर्जना गर्छ | सामाजिक र व्यक्तिगत मिथ्याको कारण नै बिरामी उपचारको चरणमा प्रवेश गर्न असहज हुन जान्छ | मिथ्याकै कारण परिवारबाट असहयोग हुने स्थित आउछ | समाजमा पनि मिथ्याका कारण बिरामी र समाज बीचको सम्बन्ध राम्रो हुदैन | यसको कारण बिरामीको आत्माबिस्वास , जिबन गुणस्तरमा पनि कमि हुन जान्छ | सामाजिक रुपमा बिरामी एक्लो हुन पुग्छ | जुन बास्तव मानशिक स्वास्थ्यको हकमा अत्यन्त गम्भीर बिसय बस्तु हो | मिथ्याका कारण कतिपय अवस्थामा राज्य र अन्य क्षेत्रमा पनि बिरामीले भेदभाव पूर्ण बाताबरणको सामना गर्नु पर्ने हुन्छ | रोजगार लगायतको अवसरबाट पनि बन्चित हुनु पर्ने परिस्थितिको सिर्जना हुन जान्छ तसर्थ मिथ्या मानशिक स्वास्थ्यको क्षेत्रमा प्रमुख बाधक हो |

मिथ्या के कारणले हुन्छ ?

मिथ्याको प्रमुख कारण मनो सामाजिक शिक्षाको कमि नै हो | मानशिक रोग अन्य रोग जस्तो आखा देख्न सक्ने भन्दा पनि महसुस गर्ने बिसय बस्तु हुने हुदा यसको निम्ति कतिपय अवस्थामा व्यक्ति र समाज तयार भएको हुदैन | त्यो अवस्थामा व्यक्ति र समाज देखेको जानेको कुरा भन्दा परम्परागत रुपमा आएको विश्वास भनाइ प्रथामा बढी आश्रीत हुन पुग्छ | जसको कारण मिथ्याले झन् बढ्ने अवसर पाउछ | राज्यले बनाएको नीति नियम मानशिक स्वास्थ्य मैत्री नहुदा पनि मिथ्यालाइ बढावा मिल्छ | राज्यले नै नीति बनाउदा मानशिक समस्यालाइ अपराधको रुपमा ब्याख्या गर्दा मिथ्या झन् बढ्छ |

मिथ्यालाइ कसरि कम गर्न सकिन्छ ?

मिथ्यालाई कम गर्न समाजका बिभिन्न स्टक होल्डरको सयुक्त पहल जरुरि छ | मिथ्या बिरुद्द पहिलो कदम भनेको मनोसमाजिक शिक्षा नै हो | राज्यले बनाउने नीति नियम पनि मिथ्या लाई कम गर्न सहयोगी सिद्द हुन्छन | मानशिक रोग का असर लाइ अपराध को रुपमा ब्याख्या नगरेर राज्य ले मानशिक रोगि को निम्ति उपयुक्त र आबशेक कदम चल्नु जरुरि छ | विभिन्न किसिमका बिमाहरुको सुरुवात , सामाजिक सुरक्षा नीति ,मानशिक स्वास्थ्य नीति जस्ता बिसय बस्तुको सहि रुपमा लागु हुदा मिथ्याको दृघ कालिन समाधान खोज्न सकिन्छ | यसका अतिरिक्त अन्य बिसयबस्तु पनि मिथ्याको शन्दर्भ महत्वपूर्ण रहन्छ |

मिथ्यालाई कम गर्न सबै भन्दा पहिला बिरामीलाई उपचारको पहुच सम्म पुराउन जरुरि छ | बिसय बिज्ञको पहुचमा पुग्नु पनि मिथ्यालाइ कम गर्न सहयोगी सिद्द हुन्छ | मानशिक रोगको उपचारमा नियमितता अत्यन्त महत्वपूर्ण हुनेहुदा बिरामीले स्वयमले पनि आफ्नो उपचारमा इमान्दारिता पुर्बक लाग्नू जरुरि छ | मिथ्याको कारण आफु भित्रको आत्म विश्वासलाइ कम हुनु दिनु हुदैन | यो कुनै अपराध पनि नभएको कारण यसमा लज्जा महसुस पनि गर्नु हुदैन | मानशिक रोगमा कोहि दोषी हुदैन तसर्थ यसमा कसैलाई वा आफुलाई दोषी ठान्नु हुदैन | बरु विभिन्न सहयोग समूहमा लागेर आफ़्नो अनुभव बाड्नु पर्दछ | मानशिक समस्या पनि शरीरका अन्य रोग जस्तै भएको यसको बारेमा जति खुलेर कुरा गरिन्छ त्यति यस बिरुद्दको अन्ध विश्वासलाइ हटाउन सकिन्छ |

मिथ्याबाट पिडित भएमा अरुलाइ जानकरी दिनु पर्छ |आफुले भोगेको दुर व्यवहारलाइ बहसमा ल्याउदा यस बिरुद्द सामुहिक आवाज उठाउन सकिन्छ | तसर्थ मानशिक स्वास्थ्यको बारेमा खुला बहस गरेर मिथ्या लाइ हटाउन सकिन्छ |

 

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s