पिडा भित्रको सत्य बोध

– डा.विजय ज्ञवाली

सामान्यता पिडा दुइ प्रकारको हुन्छ ,शारीरिक र मानशिक | मैले आज प्रसंग उठाउन खोजेको बिसय चाही मानशिक पिडा हो | पटक पटक काउन्सिलिङ्गको क्रममा व्यक्तिको अनुभूति सुन्दा बुझ्दा मैले पिडाको बारेमा महसुस गरेको सत्य के हो भने पिडाको बजन ,मात्रा ,प्रकार आकार ,रंग केहि हुदैन | यो यस्तो अनुभूति हो जसलाई ब्याख्या गर्न सकिदैन | पिडाको बारेमा मैले बुझेको अर्को सत्यता मलाई अझ रोचक लाग्छ | पिडा अन्त्यहिन हुदैन र यसको परिणाम सधै नकारात्मक हुदैन | मानशिक पिडालाइ मैले मनको प्रतिक्रियाको रुपमा लिन्छु अझ यो तपाईको सोचाई धारणा भौतिकता र बास्तबिकता संग तपाईको मनले गरेको बिद्रोह हो | समय र मन यो प्रक्रियामा सक्रिय हुन्छन | यसमा देखिने लक्षण चाही मन शरीर र मस्तिस्कको रेस्पोन्स हो |

केहि वर्ष अघि मैले एक जना व्यक्ति भेटे जो आफ़्नो प्रेम सफल नभएकोमा आफ़्नो जिबन अन्त्य गर्न तयार भएका थिए | ३ महिना भएको उनको प्रेम बैदेशिक यात्राको कारण टुग्गीएको थियो | उनको साथीको सहयोग र आग्रहमा जब मैले भेटे | उसको अवस्था अत्यन्त दयनिय देखिन्थो | भोक नलाग्ने ,अबस्थित जिबन शैली जस्ता कुराले चिन्तित साथी मार्फत उनि मेरो सम्पर्कमा आएका थिए | मेरो लागि त्यो घटना अत्यन्त शिक्षाप्रद त्यति बेला भयो, जो साथी उनलाई लिएर आएका थिए उनले केहि दिन अघि आफ़्नो आमा गुमाएका थिए | प्रेम गुमाउनेको पिडा कम र उनको साथीको पिडा बढी भनेर मैले भने भने त्यो असत्य हुन्छ तर यो घटनाले मलाई पिडालाइ समय र व्यक्तिको ग्रहण क्षमताले प्रभाब पार्छ भन्ने कुरा बुझ्न सजिलो भयो | पिडा कम र बढी भन्ने हुदैन यो तुलना हुदैन तर व्यक्तिको ग्रहण क्षमताले यसको निर्धारण गर्छ | दुख पिडाको रंग ,आकार र प्रकार हुदैन | समस्या पूर्ण रुपमा व्यक्तिको ग्रहण क्षमतामा निर्भर रहन्छ | प्रतेक व्यक्तिको ग्रहण क्षमता फरक हुन्छ | समस्यालाइ हाम्रो सिस्टमले कसरि प्रतिक्रिया गर्छ भन्ने महत्वपूर्ण रहन्छ | हाम्रो शरीर र मनले गर्ने प्रतिक्रिया नै पिडाको रुपमा आउने हो |ठुलो समस्यामा पिडा बढी सानोमा कम भन्दा पनि समस्या अर्थात् कारण र पिडाको निर्धारण व्यक्तिको ग्रहण क्षमताले निर्धारण गर्ने बिसयबस्तु हो |

पिडा सत्य हो | यो हुन्छ र यो असह्य नै हुन्छ | यसको अस्तिव ,कठिनाई र यो भित्रको अनुभूति सबै सत्य हुन | यति हुदा हुदै पनि यो भित्रका केहि भूमिकाले हामीलाई भबिस्यमा भै परि आउने अर्को पिडा सित जुद्न तयार पार्छ | पिडाले मान्छेलाई मानशिक रुपमा बलियो बनाउछ | अझ भनौ हामी भित्रको मानशिक लचकतालाइ बढाउछ | तसर्थ पिडा सत्य हो यसको प्रभाब पनि सत्य हो र यसको अन्त्य पनि सत्य हो |

आगोले पोल्छ | सानो तिनो पोलाईको अनुभूति हामी सबै सित हुन्छ | तर हामी ठुलो पोलाई हुदैन भनि आगोको प्रयोग गर्छौ | विश्वास र आबश्यकताको कारण आगो सित हाम्रो सम्बन्ध कायम छ | जिबन नि त्यहि हो | पिडा हुन्छ | सानो तिनो अनुभूति हामी प्रतेक दिन गर्छौ र जिबन जिउछौ यहि विश्वासका साथ कि ठुलो पिडा हुनेछैन भनेर | बिस्वाश र आबश्यकताले पिडा सित लड्न जुद्न हामीलाई प्रेरणा दिन्छ |

प्रतेक पिडाको उपचार समय हो | पिडा प्राकृतिक हो | कसको कारण कृतिम देखिएला तर त्यो भित्रको अनुभूति प्राकृतिक हो | त्यो सत्यलाइ हामीले बुझेको खण्डमा पिडाको आयु छोटीन सक्छ |

मैले भेटेको प्रेमीभाइ अहिले अरु सित प्रेममा छन् र आमा गुमाएको उनको साथीले आमा नाममा सामाजिक कार्य गरेको फोटो सामाजिक संजालमा राखेको छन् | म उनिहरु अहिले पिडामा छैनन् त भन्न सक्दिन तर उनिहरु प्राकृतिक र ब्यबहारिक रुपमा हिलिङ्ग प्रक्रियामा छन् जस्तो मलाई लाग्छ | पिडा बुझ्नु र स्वीकार गर्नु नै पिडाको निराकरणको (हिलिङ्ग) प्रक्रिया हो | मैले बुझेको पिडा भित्रको सत्य बोध यहि हो |

( यो  बिसयबस्तु लेखकको अनुभूतिमा आधारित छ | )

29313330_10215219016739564_974238658130644441_n

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s