सन् २०१६ अप्रिल १४ जापानको पश्चिम कुमामोतो र ओइता केनमा २६७ जनाको जिबन लिने गरि भुकम्प गएको थियो | अप्रिल १४ र त्यसको २ दिन पछि गएको अर्को भुकम्पले व्यक्तिको ज्यान मात्र लिएन ४३००० घर भत्कायो र आज भुकम्पको २ वर्ष बिति सक्दा पनि अझै लगभग ३८००० व्यक्ति घर बिहिन अबस्थामा विस्तापित भएका छन् |
कुमामोतो भुकम्पको पहिलो हप्ता नै म एक क्लिनिकल साइकोलोजिस्टको रुपमा कुमामोतो पुगेको थिए | त्यस पछि लगभग २ वर्ष मैले पटक पटक कुमामोतो क्षेत्रमा बिदेशी समुदायको मनोसामाजिक परामर्स कार्य र अन्य मनोसामाजिक कार्यकर्ताको रुपमा विभिन्न गतिबिधिमा बिताए |
स सानो वर्कशप भएता पनि अनुभबको रुपमा कुमामोतोमा मैले गरेको काम मेरो लागि ठुलो अनुभब भएको छ | आज कुमामोतो भूकम्पको दोस्रो वर्ष पुरा भएको दिन कुमामोतो भुकम्पमा अर्को जिबन गुमाउने सम्पूर्ण र यस बाट प्रभावित सबैको सम्झना गर्न चाहे भुकम्पले गरेको भौतिक र शारीरिक क्षति पहिलो प्राथमिकतामा परे पनि यसले गरेको मनोबैज्ञानिक क्षतिको प्रभाब धेरै वर्ष सम्म रहन सक्छ | कुमामोतोको पछिलो भ्रमणमा पनि यो बिसयमा धेरै छलफल गर्ने मौका मिलेको थियो | पछिल्लो २ बर्षमा कुमामोतो धेरै अगाडी बढेको छ | तर यसले पारेको मनोसामाजिक प्रभाब केहि वर्ष अझै देखा पर्नेछ | प्राकृतिक बिपत्ति हाम्रो नियन्त्रणमा नभएता पनि यसको प्रभाबलाइ कम गर्न हामी सबैले तयारी गर्नु पर्ने देखिन्छ |
– अप्रिल १४ , २०१८