प्रिय अमोहा
तिम्रो जन्म पूर्व चिकित्सकले हामीलाइ सम्पूर्ण प्रक्रियाको बारेमा भने ,चिन्ता गर्नु पर्दैन बच्चा रोएँन भने हामीले हेर्छौ | सबैले सुन्ने गरि बच्चा रोयो भने त्यो त राम्रो भै हाल्यो | तिम्रो जन्म हुने बेला हामी तिम्रो रुवाई सुन्न आतुर थियौ | नभन्दै तिमि रोयौ हामी हास्यौ |
तिमिलाइ यो कुरा लेख्दा मलाई रमाइलो लाग्दै छ तिम्रो रुवाइ हाम्रो लागि हर्ष बन्यो | कस्तो मिठो सत्य जिबनको सुरुवातमा हामी तिम्रो रुवाइ सुन्न आतुर सायद अब हामी तिमिलाइ सधै हास्नु , खुसि हुनु भन्ने छौ |
अमोहा , तर म चाहन्छु तिम्रो लागि यो सत्य सधै भरि ज्ञान बनोस कि तिम्रो पहिलो सुरुवात मुस्कान थिएन, रुवाई थियो | खुसि हुन त तिमिले अब सिक्नु पर्छ | रुन तिमिले सिकेर आएकी थियौ | केहि दिनमा तिमिले हास्न सिक्ने छौ | हामी तिमिलाइ हास्न सिकाउने छौ | तिम्री आमा , म र अरु तिम्रा आफ़्ना मान्छेहरु अनेक प्रयत्न गरेर,अनेक स्वर निकालेर तिमिलाइ हास्न सिकाउने छन् | जब तिमिले हास्न सिक्ने छौ ,हामी खुसि हुनेछौ | हासो र रुवाईको दौडमा तिमि कुसल धाविका बन्नु छ |
खुसि अनुभूति गर्नु एउटा कला हो | यो तिमिले सिक्नु पर्छ | तिमिले कहिले नबिर्सनु तिम्रो जिबनको पहिलो सिकाई खुसि हुने कला हुनेछ | जुन सिकाई जिबन भरि चल्ने छ | त्यो बाहेक अर्को सत्य तिमि सित सधै रहने छ ,रुन तिमिले पहिले देखि सिकेर आएकी थियौ |
धेरै यस्ता श्वास्वत सत्यहरु ,जिबनले तिमीलाई सिकाउने छ | यो सिक्ने क्रम चलि रहने छ | तिमिले बुझेका कुरा कुनै बेला नबुझेका जस्ता लाग्ने छन् | नबुझेका कुरा बुझे जस्ता लाग्ने छन् |
अहिले म तिमिलाइ हेर्छु | आखा चिम्लेर तिमि गम्भीर सोचमा छौ जस्तो लाग्छ | अब केहि दिनमा तिमिले हास्न सिक्ने छौ , रिसाउन सिक्ने छौ ,दुखि हुन , खिन्न हुन ,घुर्काउन ,फकाउन सबै सिक्ने छौ |
रुदै एउटा रंग लिएर जन्मेकी तिमि अब केहि दिनमा जिबनका सबै रंग सिकेर इन्द्रेणी जस्तै पूर्ण हुनेछौ |
मलाई खुसि हुने छ जब तिमि इन्द्रेणी जस्तै सबै रंगको जिबन जिउने छौ |
बुबा