प्रिय अमोहा – ६१ देवताको शहर

41181776_10216565221873851_6260858064572776448_n

 

प्रिय अमोहा

म देवताको शहरमा छु । काठमाडौं देबताको शहर हो । काठमाडौंमा मन्दिर मात्र होइन । भित्ता भित्तामा देवता टासीएका छन् । भित्तामा कसैले फोहोर फाले मान्छे देबता लगेर टासी दिन्छन् । कतिलाई भन्नु नफाल भनेर मान्छेहरु बोल्नेले भनेको मान्दैनन् ।बरु नबोल्ने देबता सित डराउने गर्छन् । यो सहर देवताको सहर भएको छ , कतै श्रदाको रुपमा कतै डरको रुपमा । कतै खुसाएका कतै रिसाएका देवता । म कहिले काही घोरिएर हेर्छु । आँखा जुधाउछु । यि सजिब मानिएका निर्जिब देबता सित ।

बिहान देखी मानिस यि देबता अघी लामबद्द हुन्छन । पहिला लड्डु नरिवल फुल अक्षेता चडाउछन् । अनी हात जोड्छन् । पहिला केही दिन्छन् अनी बदलामा केही माग्छन् । यो लेनदेन सबै देवताको घरमा चल्छ । मलाई लाग्दैन यो चलन देबताले चलाएका होलान यो चलन मानिसले चलाएका हुन । मान्छेको तर्क पनि ठीक हो । केही नदीइ के केही माग्नु !
हामी ब्यपारी हौ । प्रकृतिले नै हामीलाई ब्यापार गर्न सिकाएको छ । फुलको बोटलाई मल पानी दिए पछी बल्ल उसले तिमीलाई फुल दिन्छ । मल र पानी नदिएको फुलको बोट सित हामीले फुलको आशा गरेर हुन्छ त ? यो लेन देन त चलिरहने कुरा हो । यो लेनदेन विश्वाशको भरमा चलेको छ । विश्वाश भएर त हामी देबताको अघी आँखा चिम्लेर हात जोडेर माग्छौ । विश्वाश नहुदो त हाम्रा आँखा खुला हुन्थे होला ! बस हामीले म तिम्रो घरमा पुगे भन्ने जनाउदिन घन्टी बजाउनु पर्छ । बाँकी सबै विश्वाशमा चलेको छ ।विश्वाशले शान्ति दिन्छ आत्मबिश्वास दिन्छ । त्यो आत्मबिश्वासले मिहिनेत गर्छौ कर्म गर्छौ । हाम्रो काम बन्छ । अनी त्यो वनेको कामको श्रेए त त्यो आत्म विश्वाश दिनेलाई नै जाने हो । त्यसैले त मन्दिरमा माग्नेहरुको मात्र होइन कृतज्ञता जनाउनेहरुको नि भिड हुन्छ ।
अमोहा ,
आस्तिकका त देवता हुन्छन तर नास्तिकका को हुन्छन त आत्मबिश्वाश र शान्ति दिन ? नास्तिकका पनि देवता हुन्छन | उनि हरु कर्म प्रेरणा साथ माया वा अरु कुनै रुपमा उनको वरीपरि हुन्छन | घरमा हुन्छन ,अफिसमा हुन्छन वा कुनै कहिँ कुनै न कुनै रुपमा ति आत्मबिश्वाश र शान्ति दिइरहेका हुन्छन | बस ति देवता कहलिदैनन | यी मानिस जस्ता देखिन्छन् | अब तिमि आस्तिक वा नास्तिक बन तिम्रो रोजाइ हो |

यो देवताको सहरमा घुम्दा भित्तामा टासीएका रिसाएका हासेका देवता देख्दा , मुखाकृत हेर्दा मलाई रमाइलो लाग्छ | यी सजिब हुदा हुन् त हामी जस्तै हुदा हुन् जस्तो लाग्छ |
अमोहा ,शिब रात्रीमा बालिएका धुनीले देवताको सहर रमाइलो भएको छ | म यहि बसी तिमीलाई सम्झिदै छु |

बुबा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s