तातु तातु र पापु पापु

बाल कथा –

एउटा जंगलमा २ वटा खरायो थिए । एउटाको नाम तातु तातु र अर्कोको नाम पापु पापु थियो । तातु तातु बुद्दीमान थियो तर शारीरिक रुपमा कमजोर थियो । पापु पापु भने अली मुर्ख थियो तर शारीरिक रुपमा बलियो थियो । तातु तातु सित धेरै बल नभयता पनि उ हरेक कामलाई सोच बिचार गरेर बुद्दीको प्रयोग गरेर गर्ने गर्थ्यो । पापु पापु चाँही सबै काम मुढे बलको प्रयोग गरेर गर्ने गर्थ्यो । हरेक काम हतार हतार गर्ने उसको बानी थियो ।

rabbits-crazy-march-1a.jpg

उक्त जंगलका राजा सिंह गुन गुन केही दिन देखी बिरामी थिए । उनी राजकाजमा सहयोग हुने गरी आफ्नो उत्तरअधिकारीको खोजी गर्दै थिए । तसर्थ उनले जंगल भरीका जनाबरहरुलाई काग हुलाकी कुकु कुकु मार्फत एउटा सन्देस पठाए । राजाले आफ्नो उत्तराधिकारी छनोटको लागि परिक्षा लिने र उक्त परिक्षामा उत्कृष्ट हुनेलाई उत्तराधिकारी छान्ने भएकोले इच्छुक जो कोही पनि दरबारमा परिक्षामा उपस्थित हुन अनुरोध छ भनेर हुलाकी कुकू कुकूले जंगल भरी सन्देश सुनाए ।

जंगल भरि कुकू कुकूले यो खबर सुनाउदा तातु तातु र पापु पापुले पनि यो खबर सुने । राजाको उत्तराधिकारी बन्ने यो अबसरमा दुबैले भाग लिने भनेर राजाको दरबार तिर लागे ।

गुन गुनको दरबारमा धेरै धेरै पर परबाट पनि उत्तराधिकारी बन्न भन्दै बिभिन्न जनाबर आएका थिए । गुन गुनले सबैको बिभिन्न तरिकाले परिक्षा लिदै थिए तर उनले खोजे जस्तो उत्तराधिकारी पाएका थिएनन । यसै क्रममा तातु तातु र पापु पापुको पालो आयो ।

गुन गुन राजाले दुबैलाई राखेर भने आज बिहान मेरो राज पोखरीमा यो राज्यको एउटा सिक्का हरायो । तसर्थ तिमीहरु तुरुन्त गएर त्यो पोखरीबाट सिक्का खोजेर आओ । उक्त सिक्का भेटे पछि त्यो तुरुन्त राज्य कोषमा जम्म्मा गर्नु | यो कुरा सुनेर तातु तातु र पापु पापु तुरुन्त पोखरी तिर लागे ।

पोखरी पानीले भरिएको थियो । दुबै सुरुमा डुब्दै सिक्का खोज्न थाले । शारीरिक रुपमा कमजोर तातु तातु एकछिनमा थाक्यो । यो देखेर पापु पापु मन मनै खुशी भएर सिक्का खोज्न थाल्यो । यता तातु तातु कसरी यो परिक्षामा बुद्दी प्रयोग गर्न सकिन्छ भन्ने सोच्न थाल्यो र दरबारबाट निस्कियो ।

केही घण्टा पछी तातु तातु दरबारमा उपस्थित भएर गुनगुन राजाको अगाडी गएर भन्यो | राजा मैले राज्यको सिक्का खोजेर ल्याएको छु | लौ लिनुस यो सिक्का ,यसलाई राज्यको कोषमा जम्मा गर्नु होला | | यो कुरा सुनेर दरबारमा खैला बैला मचियो | सबै जना गुनगुन राजाको अगाडी जम्मा भए | पापु पापु पनि हतार हतार राजाको अगाडी आयो | पोखरीमा एक्लै सिक्का खोज्दै गरेको पापु पापु आस्चर्य चकित भएको थियो | गुनगुन राजाले तातु तातुलाइ सबै कुरा विस्तारमा भन्न भने | त्यसपछि तातु तातुले भन्यो हे राजा हजुरले राज्यको सिक्का हराएको र पोखरीमा हराएको भने पछि मैले पोखरीमा खोज्ने प्रयास गरे | तर पोखरी ठुलो र पिधमा हिलो भएकोले सिक्का खोज्न घन्टौ लाग्ने देखियो | यसबाट राज्यको पोखरीको सुन्दरता पनि बिग्रिने देखियो |   तसर्थ म बाहिर गएर एउटा किसान संग केहि अन्न किने र अर्को राज्यमा गएर उक्त अन्न केहि नाफा लिएर बेचे | त्यो सिक्का त्यहि नाफा बाट प्राप्त सिक्का हो | जुन म राज्यको सिक्काको रुपमा राज्यको कोषमा दाखिल गर्दछु | मेरो विचारमा यसबाट राज्यको किसान ,म र राज्य सबै लाभमा छौ |

गुन गुनको कुरा सबैले सुने र बुद्दि मत्ता कुराले सबै खुसि पनि भए | पापु पापुले पनि तातु तातुको कुरा बुझ्यो | बास्तवमा घन्टौ पोखरीको सौन्दर्य बिगारेर सिक्का खोज्दा पनि अझै सिक्का भेटिएको थिएन |

सबैले तातु तातुको कुरा मन पराए | राजा गुन गुन पनि राम्रो उत्तराधिकारी पाएको भनेर खुसि भए | हुलाकी कुकू कुकूले जंगलले नया उत्तराधिकारी पाएको खबर सबै लाइ सुनाउदै जंगल तिर उडेर गए | सबैले तातु तातुलाइ स्याबास भने |

 

  • बाल कथा – विजय ज्ञवाली
  • photo – Google source

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s