द्विध्रुवी विकार एउटा गम्भीर मानसिक समस्या हो । यसलाई मेनिक डिप्रेसन पनि भन्ने चलन छ । यो एक प्रकारको पागलपन हो । जसमा बिरामीले गम्भीर किसिमको मानसिक विचलन देखाउँदछ । यसमा बिरामीको मूड एकदम तल माथि हुन्छ । कुनै बेला एकदम सक्रिय कति बेला एकदम निस्क्रिय हुने हुन्छ । यो समस्या मुख्य रुपमा २ वटा एपिसोडमा देखिन्छ । कहिले हामी बिरामी एकदम खुसि हुने एकदम हाइपर हुने, समस्या भन्दा बढी सक्रिय क्षमतावान देखिने हुन्छ जसलाई मेनिक एपिसोड भनिन्छ । यसै गरि कहिलेकाँही एकदम निरस, डाउन, शक्तिविहीन र निस्क्रिय हुन्छ त्यो अवस्थालाइ डिप्रेसिप एपिसोड भनिन्छ । यसरि दुई फरक फरक प्रकृतिका लक्षण देखा पर्ने हुँदा यसलाई द्विध्रुवी विकार भनिन्छ ।
मानिसको जीवनमा सामान्यतया निरासा र खुसि संगै भै रहेको हुन्छ । यसरि आउने उतार चढावलाई समय मान्नु पर्दछ तर मूडको परिवर्तन अस्वाभाविक छ भने त्यो द्विध्रुवी विकार हुनसक्छ । यसमा आउने परिवर्तन यस्तो हुन्छ यसले व्यक्तिको सम्बन्ध, निन्द्रा, सोच्ने शक्ति, क्षमतालाइ असर गर्दछ ।
कारण
द्विध्रुवी विकारको कारण अझै थाहा भएको छैन । तर यसको शुरुवातमा विभिन्न पक्षले भूमिका खेल्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । पारिवारिक जिन पनि एउटा कारण हुन सक्ने सम्भावना अनुसन्धानकर्ता बताउछन् । तर सबै पीडितहरुमा पारिवारिक इतिहास भेटिएको छैन तसर्थ यसमा अझै एकिनका साथ भन्न सकिएको छैन । यसै गरि कतिपय अन्य अनुसन्धानले यसमा मस्तिष्कको बनावट र कार्यसम्पादन जिम्मेवार हुने तर्फ इंकित गर्छन् । तर यो विषयवस्तु पनि अझै अनुसन्धान कै चरणमा छ । यसका विभिन्न पक्षको कारणमा अनुसन्धान भै रहेकोले भविस्यमा यसमा प्रगति भएमा यसको उपचारमा अझ बढी प्रगति हुने विस्वास गर्न सकिन्छ ।
बाईपोलर डिसअर्डर बढ्नुमा केहि अन्य पक्षले पनि भूमिका खेल्छ । अत्यधिक तनाव, कुनै प्रकारको ट्रमा, ड्रग र अत्यधिक रक्सिको प्रयोग जस्ता कुराले यसको लक्षण बढ्न सहयोग गर्दछ । यसको प्रत्यक्ष सम्बन्धको बारेमा भने अझै प्रस्ट भएको छैन ।
लक्षण
यो समस्यामा दुई एपिसोड हुन्छन । यसका लक्षणहरु कहिले काहिँ मात्र देखिए भने त्यो यो समस्या नभएर अन्य तनाव जन्य समस्या हुन सक्छ । तर लगातार रुपमा यस्ता लक्षण देखिनछन् भने यो द्विध्रुवी विकारका लक्षण हुन सक्छन ।
मेनिक एपिसोड – ’मेनिया’ भएका व्यक्तिहरु भावनात्मक रुपमा उग्र हुन्छन् र छिन् छिन्मा उनिहरुको मूड परिवर्तन भै रहन्छ । उनीहरु निकै हर्षित, आकस्मिक र उर्जाले भरिपूर्ण हुन्छन् । यसका बिरामीहरु असुरक्षित यौन सम्पर्क र लागु औषध प्रयोगमा पनि लाग्ने सम्भावना हुन्छ । विचारहरु धेरै छिटो परिवर्तन गर्ने, निन्द्रामा गडबड, उग्र स्वभाव, कुरा परिवर्तन गरिरहने हुन्छन । आफुले एक्लै पटक धेरै काम गर्न सक्ने भ्रममा हुन्छन् । मेनिया भित्र पनि २ वटा प्रकार पाइन्छ । एउटा हाइपर र अर्को हाइपो, हाइपर गम्भीर प्रकृतिको हुन्छ भने ’हाइपोमेनिया’ ’मेनिया’ जस्तै हुन्छ तर त्यो जस्तो गम्भिर हुँदैन ।
डिप्रेसन एपिसोड – यसमा देखिने लक्षणहरुमा धेरै दुखि र डाउन महसुस गर्ने, धेरै सुत्ने अथवा एकदम कम सुत्ने, कुनै कुरामा रमाउन नसक्ने, रित्तोपन महसुस गर्ने, आत्तिने, एकाग्रता नहुने, कुरा बिर्सने, धेरै खाने अथवा खादै नखाने, बढी सोच्ने र आत्महत्या विचार आउने जस्ता लक्षण देखा पर्दछन् ।
मानिसको जीवनमा सामान्यतया निरासा र खुसि संगै भईरहेको हुन्छ । यसरि आउने अप र डाउनलाइ समान्य मान्नु पर्दछ तर मूडको परिवर्तन अस्वाभाविक छ भने त्यो द्विध्रुवी विकार हुनसक्छ । यसमा आउने परिवर्तन यस्तो हुन्छ यसले व्यक्तिको सम्बन्ध, निन्द्रा, सोच्ने शक्ति, क्षमतालाइ असर गर्दछ । यदि प्रभावित व्यक्ति जागिरे छ भने उसको काममा पनि यसले प्रभाव पार्छ । विद्यार्थी हो भने उसको पढाईमा पनि असर गर्दछ । कतिपय अवस्थामा यसले आत्महत्या जस्तो गम्भीर अवस्था पनि सिर्जना गर्न सक्छ ।
यो समस्या जुन सुकै उमेर समूहको व्यक्तिलाइ हुन सक्छ साथै महिला पुरुष दुवैलाइ हुने सम्भावना रहन्छ ।
यो समस्यामा देखिने लक्षणको प्रभावको असर गम्भीर किसिमका हुन्छन । यस्ता बिरामीमा विचार, इमोसन एकदम परिवर्तन हुने हुन्छ । कतिपय अवस्थामा उनिहरु सत्य र असत्य छुट्याउन नसक्ने हुन्छन । आफु एकदम धनि भएको महसुस गर्ने, आफुलाई प्रसिद्द व्यक्ति महसुस गर्ने, आफुलाई कुनै घटनाको अपराधी मान्ने धेरै पैसा हराएको महसुस गर्ने जस्ता अस्वाभाविक लक्षणका कारण उनिहरुमा विभिन्न अन्य मनोसामाजिक समस्या देखा पर्न सक्छ । कतिपय अवस्थामा कुलत, गलत यौन जन्य व्यवहार जस्ता कुराका कारण उनिहरु विविध समस्यामा फस्न पनि सक्छन् । काम र पढाईमा पनि समस्या देखिन सक्छ ।
यस्ता प्रकार विभिन्न समस्या देखिने हुँदा यसको रोग निदान प्रक्रिया पनि गार्हो छ । धेरै बिरामीहरु समयमा निदान नहुने गरेकाछन् । कतिपय अवस्था परिवारका सदस्यले यसलाई स्वभावको रुपमा पनि लिएका हुन्छन जसको कारण समयमा उपचार सुरुवात हुन सक्दैन । तसर्थ यस्तो समस्या शंका लागेमा तुरुन्त विज्ञको सहयोग लिनु पर्दछ ।
उपचार
अहिलेलाई यो समस्याको लागि विशेष निराकरण हुने उपचार उपलब्ध छैन । लक्षणको आधारमा गरिने उपचारले यसलाई व्यवस्थापन गर्न सकिन्छ । यसको सहि व्यवस्थापनबाट यो रोग लागेता पनि साधारण जीवन जिउने बिरामीहरु प्रसस्त छन् । तसर्थ यसको उपचारमा विज्ञको सहि सल्लाह लिनु जरुरि छ ।
१. औषधिको प्रयोग – बिरामीलाई देखिएको लक्षणको आधारमा विभिन्न प्रकारका औषधिको प्रयोग गरेर यसको उपचार गर्न सकिन्छ । मेडिकेसनहरुमा मुड स्टेविलाइजर, एन्टीसाइकोटिक्स, एन्टी डिप्रेसेन्ट र निश्चित समयका लागि प्रयोग गर्न सकिने एन्टी एन्ग्जाइटी मेडिकेसन हरुको प्रयोग यसमा गर्न सकिन्छ ।
२. थेरापी – यसका साथै विभिन्न प्रकारको ’साइकोथेरापीको प्रयोग गरेर पनि ’बाइपोलर डिसअर्डर’को निदान गर्न सकिन्छ । जसमध्ये कंग्नीटीभ विहेविरियल थेरापीको प्रयोग धेरै भएको पाइन्छ । यसका अतिरिक्त एकिकृत चिकित्सा अन्तर्गत अकुपंचर, योग आदिकोको प्रयोग पनि यसमा गर्न सकिन्छ । परिवार समेत समावेश गरेर गरिने साइको एजुकेसन वा फेमिली थेरापी पनि यसमा राम्रो भएको पाइन्छ ।
३. अन्य उपचार- औषधिले काम नगरेको अवस्थामा इलेट्रोथेरापीको प्रयोग पनि गर्न सकिन्छ । यो सम्बन्धित अस्पतालमा उपलब्ध हुन्छ ।
ध्यान दिनु पर्ने कुराहरु
१) मानसिक रोगका प्रारम्भिक लक्षणको पहिचान( द्विध्रुवी विकारको सुरुमा पहिचान हुन नसक्दा यो रोग पुरानो भै यसले विभिन्न अन्य समस्या पनि सिर्जना गर्न सक्छ । तसर्थ त्यस्तो अवस्था सिर्जना हुन नदिन हामीले मानसिक रोग को प्रारम्भिक लक्षणको पहिचान गर्न प्रसस्त जनचेतना बढाउनु पर्दछ । समयमा नै थाहा भएर यसको सहि व्यवस्थापन गर्न सकियो भने यसमा बिरामीले अरु व्यक्ति सरह नै जीवन व्यथित गर्न सक्छन् ।
२) अल्कोहोल र अन्य लागु पदार्थको सेवन नगर्ने ( द्विध्रुवी विकार भएका बिरामीले अल्कोहोल र अन्य लागु पदार्थको धेरै सेवन गर्ने सम्भावना रहन्छ । यसले यो रोगलाई अझ बढावा दिने हुँदा यस्ता नशा जन्य कुराको सेवन बाट बिराम लाई टाढा राख्नु पर्दछ । विशेष गरि निद्रा नलाग्दा र अत्यधिक निराशाको बखत व्यक्तिहरु त्यसबाट छुटकारा पाउन यस्ता कुलतमा लाग्ने गर्दछन् । यद्धपि यस्ता नशा दिने कुनै पनि पदार्थले बिरामीलाई आराम प्रदान गर्ने कम गर्दैनन् ।
३) नियमित औषधिको प्रयोग ( मानसिक रोगमा प्रयोग हुने औषधिको बारेमा थुप्रै भ्रमहरु रहेको पाइन्छ । धेरै व्यक्ति त्यस्ता भ्रमका कारण आफु खुसि औषधि छोड्ने, समय र मात्रा अनुसार नखाने गरेको पाइन्छ । त्यस्तो गर्दा यो समय अझ बढ्ने हुन सक्छ तसर्थ बिरामी र उसको परिवारले औषधिको नियमित प्रयोगमा ध्यान दिनु जरुरि छ ।